• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    च्याम्पियन्स लिग अन्तिम १६ ‘ड्र’ सार्वजनिक

    1.1K
    SHARES

    काठमाडौं । युईएफए च्याम्पियन्स लिग अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ । सोमबार बेलुकी सार्वजनिक भएको च्याम्पियन्स लिग ड्र मा फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) र स्पेनिस जायन्ट बार्सिलोना, प्रिमियर लिग च्याम्पियन लिभरपुलले आरबी लाइप्ज्गीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

    यस्तै, साविक विजेता बार्यन म्युनिखले लाजियोसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले बोरुसिया मोन्चाङलादबाचसँग प्रतिस्पर्धा गर्नेछ । सिटीको प्रतिद्वन्द्वी मोन्चेन्ग्ग्लादबाच सन् १९७८ पछि पहिलो पटक अन्तिम १६ मा पुगेको हो ।

    बार्सिलोना र पीएसजी सन् २०१७ मा पनि अन्तिम १६ मा सँगै परेको थिए । जसमा पहिलो लेग पीएसजीले ४–० ले जितेको थियो भने दोस्रो लेगमा बार्सिलोनाले ६–१ ले जित हात पारेको थियो ।

    अन्तिम १६ मा को कससँग भिड्दैछन्

    बोरुसिया मोन्चेग्लाद्बास भर्सेस म्यान्चेस्टर सिटी, लाजियो भर्सेस बार्यन म्युनिख, एट्लेटिको मड्रिड भर्सेस चेल्सी, आरबस् लाइप्ज्गी भर्सेस लिभरपुल, पोर्टो भर्सेस युभेन्ट्स, बार्सिलोना भर्सेस पीएसजी, सेभिल्ला भर्सेस बोरुसिया डर्टमन्ड, एट्लान्टा भर्सेस रियल मड्रिड।

    यस्तै बार्सिलोनाका अध्यक्षका उम्मेद्वार इमिली रोउसावदले तलब कटौतीमा कप्तान लियोनल मेस्सी सहमत नभए उनले क्लब छाड्न सक्ने अभिव्यक्ती दिएका छन् । नोबेल कोरोना भाइरस (कोभिड- १९) को महामारीपछि क्लबलाई आर्थिक रुपमा सवल बनाउन बार्सिलोनाले खेलाडीको तलब घटाउने योजना बनाइरहेको छ ।

    तर, अहिलेसम्म मेस्सीले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । रोउसावदले एआरएसँगको अन्तरवार्तामा क्लबको प्रस्तावमा सहमती नजनाए मेस्सी जनवरीदेखि नै खुल्ला ट्रान्सफरमा जान सक्ने संकेत गरेका छन् । ‘हामी मेस्सीसँग बसेर खेलाडीको तलब कटौतीबारे सोध्छौं,’ उनले भने, ‘अहिलेको अवस्थामा जे उनीहरुसँग छ त्यो स्थिर छैन ।’

    मेस्सीको बार्सिलोनासँगको सम्झौता सन् २०२१ को अन्तिमसम्म बाँकी छ । ‘हामी उनीसँग त्यागका लागि प्रस्ताव गर्छौं । यदि त्यहाँ कुनै सहमती हुन सक्दैन भने मेस्सी क्लब छाड्न सक्छन्,’ रोउसावदले भने ।

    बार्सिलोनका उपाध्यक्ष रहिसकेका उनले क्लबले आफ्ना लिजेन्डको सम्मान गर्ने बताउँदै अगाडि थपे, ‘मेस्सीले क्लब इतिहासमै सबैभन्दा राम्रो पेज लेखे, हामी हाम्रा लिजेन्डको सम्मान गछौं तर, यथार्थ यही हो ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया