• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आउने भयो बंगलादेशबाट मल, सम्झौताका लागि काे जाँदैछ ?

    627
    SHARES

    काठमाडाैं । नेपाल सरकारले बंगलादेशबाट मल ल्याउने भएको छ। जिटुजी मार्फत उक्त मल ल्याउन लागिएको हो। सम्झौताको लागि भोलिनै कृषि सामाग्री कम्पनीका प्रतिनिधि बंगलादेश जान लागेको कृषि मन्त्रालयका सचिव यागेन्द्र कार्कीले जानकारी दिए।

    ‘हामी तयारीको अन्तिम चरणमा छौं, टिकट मिले कृषि सामाग्रीका प्रतिनिधि भोलि नै बंगलादेश जाँदै हुनुहुन्छ,’ उनले भने। उनकाअनुसार सम्झौता भएको १५ दिन पछि नेपाल मल भित्रन सुरू हुने छ।

    सरकारले जिटुजीमार्फत् ५० हजार मेट्रिक टन मल ल्याउने भएको हो। सो परिमाणको मलले आगामी असारमा धानमा टप ड्रेसिङ गर्नसम्म पुग्न सचिव कार्कीले बताए। मन्त्रालयले आगामी दिनमा किसानलाई मलको अभाव नहुने गरी गृहकार्य गरिरहेको उनले दाबी गरे।

    ‘हामी मल अभाव हुन नदिन रोड म्याप तयार गरिसकेका छौं, अब मलको अभाव हुँदैन,’ उनले भने। हाल कृषि सामाग्री कम्पनीसँग २२ हजार टन युरिया र ९ हजार टन पोटास मौज्दात छ। त्यसैगरी, साल्ट ट्रेडिङसँग युरिया १८ हजार र डिएपी १६ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया