• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली सरकारको ज्यादतीविरूद्ध संघर्षमा नेपाली कांग्रेस, आज देशभर प्रदर्शन

    1.5K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केपी ओली सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ ।

    मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ । कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् ।

    यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, महामन्त्री डा.शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा.रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए । अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।

    देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिँडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

    सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका छन् । शर्माले ट्वीटमा भनेका छन्, `जांगरले प्रदर्शनमा जुटौं तर परिस्थिति अनुरुपको सजगता अनिवार्य राखौँ l’

    भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रित भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ