• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले एक आपसमा यतिसम्म गरे, भिडियो बन्यो एकाएक भाइरल

    1.6K
    SHARES

    काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ । आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् ।

    उक्त घटनाका सम्बन्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो ।

    अधिकारीहरुका अनुसार नाबालिक उमेरका विद्यार्थीबीच कक्षाकोठामा भएकोे बिहे अवैध भएको हुँदा रद्द गरिएको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइएको छ । किशोरीलाई आन्ध्रप्रदेश महिला आयोगले संरक्षण गृहमा राख्ने भएको छ ।

    कक्षाकोठाभित्र दुई विद्यार्थीको बिहे कसले गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ। प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत ती किशोर–किशोरीहरु एकै कक्षाका सहपाठी हुन् ।

    भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो । कक्षाकोठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सहपाठी एक अर्की किशोरीले खिचेकी हुन् ।

    घटना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्कासन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जसका कारण उनलाई एक स्थानीय मनोपरामर्शदातृ संस्थामा लगियो । केटाका अभिभावकसँग पनि कुरा गरेर उसलाई मनोपरामर्श दिइयो ।

    प्रहरीले उक्त घटनाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले बिहे गरेको भनिएका किशोर–किशोरी तथा उनीहरुका अभिभावकका साथै विद्यालय प्रशासनको समेत बयान लिने छ । अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।

    बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च

    जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ । रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् ।

    ती रुसी अर्बपतिले केवल बर्गर खानका लागि रेष्टुरेन्टसम्म पुग्न हेलिकप्टर नै चढेर गए र त्यसक्रममा झण्डै ३ लाख रुपैयाँ बराबरको रकम खर्च गरे । बर्गर खानका लागि म्याकडोनाल्ड रेष्टुरेन्टसम्म पुग्नका लागि उनले हेलिकप्टर नै बुकिङ गरेका थिए । ३३ वर्षीय भिक्टर मार्टिनोभ नामका ती व्यक्ति आफ्नी प्रेमिकासँगै क्रिमियाको अलुस्थामा छुट्टी मनाइरहेका थिए । उनलाई क्रिमियाको स्थानीय खाना खासै मन परेन र म्याकडोनाल्डको बर्गर खाने इच्छा जाग्यो ।

    तर त्यहाँ नजिक म्याकडोनाल्ड थिएन । सबैभन्दा नजिकको म्याकडोनाल्ड रेष्टुरेन्ट नै ३ सय ६२ किलोमिटर टाढा थियो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उनले हेलिकप्टर कम्पनीसँग हेलिकप्टर बुकिङ गराए र हेलिकप्टर चढेरै प्रेमिकासँग बर्गर खान म्याकडोनाल्ड रेष्टुरेन्टमा पुगे ।

    समाचार अनुसार मार्टिनोभ र उनकी प्रेमिकाले म्याकडोनाल्डमा बर्गरसहित कुल ४९ पाउण्ड अर्थात् झण्डै ८ हजार रुपैयाँ बराबरको खानेकुरा खाए । तर ८ हजार रुपैयाँको बर्गर खानका लागि उनले २ हजार पाउण्ड अर्थात् झण्डै ३ लाख २० हजार रुपैयाँ हेलिकप्टर यात्रामा खर्च गरे ।

    स्मरण रहोस् भिक्टर मार्टिनोभ मस्कोस्थित एक कम्पनीका सीईओ हुन् जसले हेलिकप्टर बिक्रि गर्दछ । उक्त घटनाका विषयमा उनी आफैले सोसल मिडियामा एक भिडियो अपलोड गरेर खुलासा गरेका छन् । त्यसमा उनले भनेका छन्, ‘म र मेरी प्रेमिका क्रिमियाको स्थानीय अर्गानिक खाना खाएर अघाएका थियौँ । हामीलाई सामान्य मेक्सिकन खाना खाने इच्छा थियो । त्यसका लागि हामीले एक हेलिकप्टर लियौँ र क्रास्नोडारका लागि उडान भर्यौं ।’

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ