• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

    666
    SHARES

    काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको बताए ।

    शनिबार दिउँसो खेल्न भनेर उनीहरु घरबाट निस्किएका थिए । अबरेसम्म पनि नफर्किएपछि खोजतलास गर्ने क्रममा उनीहरु प्लास्टिकको कृत्रिम पोखरीमा मृत फेला परेका थिए । शवहरु पोष्टमार्टमका लागि सदरमुकाम म्याङलुङ पठाइएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ