• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली

    शारीरिक बनावटबाट असन्तुष्ट किशोरकिशोरीमा डिप्रेसनको समस्या

    2.5K
    SHARES


    शारीरिक बनावटमा असन्तुष्ट रहेका किशोरकिशोरीमा डिप्रेसनको समस्या हुनसक्ने एक अनुसन्धानले देखाएको छ । हालै नेदरल्याण्डमा गरिएको एक अनुसन्धानले यस्तो खुलाएको हो । अनुसन्धानको निष्कर्ष छ, यदि किशोरकिशोरी आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट छैन भने यो पनि डिप्रेसनमा जान सक्ने एउटा कारण बन्न सक्छ ।

    जर्नल आफ एपीडीमीयोलोजी एन्ड कम्युनिटीमा प्रकाशिन भएको उक्त अनुसन्धानले ६० प्रतिशत किशोरकिशोरी आफ्नो शारीरिक बनावटप्रति सन्तुष्ट नरहने पनि देखाएको छ । सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरकिशोरीमा यस्तो मामिला अझै बढ्ने गर्दछ । युवाहरू आफ्नो फोटो र सेल्फी पोस्ट गर्दा आफ्नो शारीरिक बनावटमा धेरै ध्यान दिने गर्दछन् ।

    किशोरी आफ्नो शारीरिक बनावटबाट बढी असन्तुष्ट

    ब्रिटेनमा यसलाई बुझ्नका लागि अलग-अलग उमेर वर्गका किशोरकिशोरीमाथि पनि अध्ययन गरिएको थियो । पहिलो ग्रुपमा १४ वर्षका किशोरीलाई सामेल गरिएको थियो भने दोस्रोमा १८ वर्षका किशोरी समावेश रहेका थिए । उनीहरूलाई आफ्नो शरीरको बनावट, तौल, पेट, बडी प्लुइड, छाती, खुट्टा, नितम्भ, अनुहार र कपालका बारेमा रेटिङ गराइएको थियो ।

    एभोन लोजिट्युसनल स्टडी अफ प्यारेन्ट एन्ड चाइल्ड (एएलएसपीएसी)ले गरेको उक्त अनुसन्धानमा २ हजार ७८ किशोरी र १ हजार ६७५ जना किशोर सहभागी थिए । १४ वर्षका किशोरकिशोरीमा शारीरिक बनावटप्रति असन्तुष्ट छन् कि छैनन् भनी अनुसन्धान गर्न लजिस्टिक रिग्रेसनको प्रयोग गरिएको थियो । जुन १८ वर्ष पुग्दा किशोरकिशोरीमा डिप्रेसन हुन्छ कि हुँदैन भनेर भविष्वाणी गर्न सकिने जनाइएको छ । किशोरकिशोरीमा बेलामै डिप्रेसन नियन्त्रण गर्न सकिन्छ भन्ने अनुसन्धानको आधारभूत उद्देश्य राखिएको थियो ।

    अध्ययनले पहिलोभन्दा दोस्रो ग्रुपमा समावेश किशोरीहरू डिप्रेसनको समस्यामा जुध्दै गरेको भेटिएको थियो । उनीहरूको किन यस्तो अवस्था भयो भन्ने खोज्दा कम उमेरका भन्दा बढी उमेरका किशोरीहरू आफ्नो शारीरिक बनावटबाट बढी असन्तुष्टि हुने गरेको भेटियो । किशोरकिशोरी नै आफ्नो शारीरिक बनावटबाट सन्तुष्ट नहुने तर किशोरभन्दा किशोरी बढी असन्तुष्टि हुने गरेको अध्ययन निष्कर्ष निस्किएको हो ।

    १४ वर्षको उमेरमा हल्का लक्षण देखिन सुरु हुने र ३ वर्षपछि गम्भीर अवस्थामा पुग्ने अनुसन्धानका क्रममा पत्ता लाग्यो । अनुसन्धानका अनुसार १४ वर्षको उमेरका किशोरीहरू आफ्नो फिगरदेखि असन्तुष्ट थिए र उनीहरूमा हल्का डिप्रेसनको लक्षण पनि देखिएको थियो । तर, १८ वर्षीया किशोरीमा गम्भीर खालको डिप्रेसन समस्या देखिएको थियो ।

    साइकोलोजिस्ट डा. अनामिका पापडिवालका अनुसार हरेक समय उदास रहनु, काममा मन नलाग्नु भोक प्यास लागे नलागेको होस नहुन र हरेक समय नकारात्मक कुरा गर्नु मानसिक तनावका लक्षण हुन सक्छन् । यसबाहेक हरेक चिजबाट सन्तुष्ट नहुनु, एक्लै बस्नु जस्ता लक्षणबाट गुज्रिरहेका व्यक्ति सचेत हुनुपर्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ