• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आ’त्मह’त्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला, जहाँ सूर्यास्त हुनुअघि नै सन्नाटा छाउँछ

    1.1K
    SHARES

    एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आ’त्मह’त्याका लागि उक्साउने किल्ला पनि भनिन्छ ।

    २३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आ’त्मह’त्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला हो । त्यस ठाउँमा साँझ पर्न थालेसँगै माहौल बदलिन्छ ।

    अहिलेसम्म उक्त किल्लाबाट हाम फालेर कैयन् मानिसले आ’त्म’ह’त्या गरिसकेका छन् । चट्टान काटेर त्यहाँ पुग्ने सिँढी बनाइएको छ । उक्त सिँढीमा न त डोरी नै टाँगिएको छ, न त रेलिङ नै छ । त्यसैले पनि कतिपय मानिसहरुको त चढ्ने झर्ने क्रममा चिप्लिएर लडेपछि समेत मृत्यु हुने गरेको छ ।

    सूर्यास्त हुनुअघि बाटै यहाँ सन्नाटा छाउँछ । स्थानीय मानिसहरुका अनुसार उक्त ठाउँमा प्रेत आ’त्मा भड्किरहेको हुनाले नै मान्छेहरुलाई आ’त्मह’त्याका लागि बाध्य पार्दछ । कतिपय मानिसहरुले जीवनबाट दिक्क भएर आत्महत्याकै लागि त्यहाँ जाने गरेको बताइन्छ ।

    यस्तै भारतकै आन्ध्रप्रदेशमा एउटा अनौठो मन्दिर छ, जहाँ एउटा खम्बा हावामा अडिएको छ । अनन्तपुर जिल्लास्थित लेपाक्षी मन्दिरलाई सोही कारण ह्याङ्गिङ पिलर टेम्पल पनि भनिन्छ ।

    उक्त मन्दिरमा कूल ७० वटा प्रस्तरका थाम अर्थात् खम्बा छन् । अरु ६९ वटा खम्बाहरु भुइँमै टेकिएका छन् । तर एउटा विचित्र खम्बाको पिँध चाहीँ भुइँमा छोइएको छैन । अर्थात् त्यो खम्बा जमिनभन्दा झण्डै आधा इन्च माथि हावामै अडिएको छ ।

    त्यो रहस्यमयी खम्बालाई आकाश स्तम्भ पनि भनिन्छ । त्यो खम्बा र जमिनबीच रहेको आधा इन्चको खाली ठाउँलाई भक्तजनहरु सबैभन्दा शुभस्थान मान्दछन् । खम्बाको मुनिबाट केही चीज निकालेमा त्यसले घरमा सुख समृद्धि आउने विश्वास मानिसहरुमा छ । त्यसैले पनि त्यहाँ आउने मानिसहरुले खम्बाको मुनिको चेँपमा कपडा छिराएर निकाल्दछन् ।

    वास्तवमा त्यो पिलर पहिले जमिनमै टेकिएको थियो । एकजना बेलायती इन्जिनियरले उक्त मन्दिरका पिलरहरु कसरी जमिनमा टेकाइएका छन् भन्ने कुराको अध्ययन गर्नका लागि उक्त पिलरलाई मेसिनको सहायताले हल्लाए । त्यसपछि उक्त पिलरको फेँदले भुइँ छाड्यो र हावामा झुलिरहेको छ ।

    हिन्दु देवता शिवको क्रूर रुप विरभद्रको मूर्ति उक्त मन्दिरमा रहेको छ । साथै त्यहाँ शिवका अर्धनारीश्वर, कंकाल मूर्ति, दक्षिण मूर्ति तथा त्रिपुरातकेश्वर पनि रहेका छन् ।

    कुर्मासेलमको पहाडमा बनेको उक्त मन्दिर कछुवाको आकारमा बनेको छ । १६ औँ शताब्दीमा विरुपन्न र विरन्ना नामका दुईभाइले उक्त मन्दिरको निर्माण गरेको इतिहास छ । तर पौराणिक मान्यता अनुसार भने उक्त मन्दिरको निर्माण अगस्त्य ऋषिले गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ