• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    निर्वाचन नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई अहिसमम्म्कै ठुलो झट्का, विश्वभर तरंग

    741
    SHARES

    चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने प्रयासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएका छन् । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरेको हो ।

    टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार ब्याटलग्राउण्ड राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।

    सर्वोच्च अदालतले स्थानीय समय अनुसार शुक्रबार बेलुका सो मुद्दामा फैसला दिएको हो । सर्वोच्च अदालतले संक्षिप्त आदेशमा सो माग खारेज गरेको हो । मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको बताएको हो ।

    सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँदा कानूनी आधार छैन ।’ यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो ।

    अमेरिकी सर्वोच्च अदालतमा हाल कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत छ । ट्रम्पले लगातार बिना कुनै प्रमाण र निर्वाचन सुरक्षा तथा अनुगमन अधिकारीको प्रमाणयुक्त भनाई विपरित चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

    राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।

    यस्तै अमेरिकामा १ करोड ६० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १७ हजार ७७९ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६० लाख ३९ हजार ३९३ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ९३ लाख ३० हजार ८६५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६४ लाख ८ हजार ८३६ जनामध्ये २७ हजार ३५२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९९ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९७४ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९९ हजार ६९२ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ