• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कृषि विजनेश

    प्रतिक्वीन्टल यति रुपैयाँले बढ्यो उखुको न्यूनतम् मूल्य

    1K
    SHARES

    काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ ।

    लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

    तर सरकारले तोकेको उखुको मूल्यप्रति भने नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको आरोप छ ।

    ‘चिनीको मूल्य ५८ रुपैयाँ किलो हुँदा किसानले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उखुको दाम पाएका थिए तर चिनीको मूल्य ९० रुपैयाँ हुँदा ८ रुपैयाँले उखुको मूल्य बढाउनु किसान मार्ने खेल हो,’ मैनालीले भने ।

    उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको पनि मैनालीको आरोप छ । नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने मैनालीले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ