• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओली सरकारको ज्यादतीबिरुद्ध सडकमा ओर्लियो क्रान्तिकारी माओवादी, नेता गजुरेलले दिए यस्ताे कडा चेतावनी

    3K
    SHARES

    काठमाडौँ । ओली सरकारको ज्यादतीबिरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) सडकमा ओर्लिएको छ । राष्ट्रियता जनतन्त्र, जनजीविका, राष्ट्रघाती र जनविरोधी कदमको विरोध र भन्डाफोर गर्दै क्रान्तिकारी माओवादीले देशभर प्रदर्शन गरेको छ ।

    क्रान्तिकारी माओवादीले काठमाडौँसहित दैलेख, बाँके, डोटी, डँडेल्धुरा, दार्चुला, कञ्चनपुर, रौतहट, सिराहामा प्रदर्शन गरेको हो । उक्त पार्टीले काठमाडौँको शान्तिवाटिकामा जुलुससहित विरोध प्रदर्शन गरेकाे छ । शान्तिबाटिकाबाट सुरु भएको विरोध र्याली पुरानोबानेश्वर, भद्रकाली, वायुसेवा निगम, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत भएको थियो ।

    जुलुसमा रोक लगाउन खोजेपछि प्रहरीसँग ठाउँठाउँमा झडपसमेत भएको बताइएको छ । विरोधसभालाई नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल सम्बोधन गरेका थिए ।

    सम्बोधनका क्रममा नेता गजुरेलले शान्तिपूर्ण विरोध प्रदर्शनलाई अवरोध गरेर राज्यले फासिवादी चरित्र देखाएकाे भन्दै बन्दुकको आडमा टिकेको सत्ता बन्दुकले नै भत्काउने चेतावनी दिए । उनले ओली सरकार सम्पूर्ण रूपमा असफल र बदनाम भएकाले यसको विकल्प सङ्घीय जनगणतन्त्र मात्र भएको ठोकुवा गरे । साथै सम्पूर्ण देशभक्त र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अब सङ्घीय जनगणतन्त्र प्राप्तिका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको भन्दै उनले त्यसका लागि सार्वजनिक आह्वानसमेत गरे ।

    कार्यक्रममा सहभागीहरूले दलाल संसदीय व्यवस्था मुर्दावाद, सङ्घीय जनगणतन्त्र जिन्दावाद, अतिक्रमित भूमि फिर्ता गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरलगायत नारा लगाएका थिए ।

    बिरोधसभालाई पार्टी पीबीएम तथा ३ नं. प्रदेश इन्चार्ज दिनेश शर्मा, अखिल नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष डा. ओम गुरुङ, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका अध्यक्ष इश्वर तिमिल्सिना, अनेमसङ्घ (क्रान्तिकारी) की महासचिव शारदा महत, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटी, नेवाः राष्ट्रिय मुक्ति मोर्चाका सचिव श्रीकृष्ण सुलु, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका संयोजक प्रेम तामाङलगायतले सम्बोधन गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ