• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला सम्मानित

    755
    SHARES

    काठमाडौं । आक्रामक व्यापार विस्तारले सकारात्मक वित्तीय परिसुचकहरु हासिल गर्दै आएको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालालाई सम्मानित भएका छन् । उनलाई उनको गृहजिल्ला भोजपुरका दावां वासीहरुले मिलेर खोलेको साझा संस्था ‘दावांली मिलन क्लव’ ले शनिबार सम्मान गरेको हो ।

    क्लबले सोहि गाउंमा जन्मिएर र सोहि ठाउंको दुर्गेश्वरी प्रावि तथातथा  सिद्देश्वर माविमा प्राथमिक तहको पढाइ पुरा गरेर माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद सम्हालिरहेका कोइरालालाई क्लवका अध्यक्ष रोशन श्रेष्ठ लगायत सम्पुर्ण पदाधिकारीहरुले सम्मानित गरेका हुन् ।

    सम्मानित भएपछि सीईओ कोइरालाले सामाजिक सञ्जालमार्फत दावांली मिलन क्लवलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै सम्मानित हुने सबैलाई बधाई समेत ज्ञापन गरेका छन् । उनले लेखेका छन:

    ”दांवाली मिलन क्लव प्रति हार्दिक आभार:
    भोजपुर जिल्लाको दावां वासिहरुले मिलेर खोलेको साझा संस्था “दावांली मिलन क्लव” आज राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नै परिचित छ। यस क्लवमा आज देश विदेशवाट धेरै महानुभावहरु जोडिनुभएको छ। विशुद्द सामाजीक सेवा गर्ने उदेश्यका साथ अघि वढिरहेको यस संस्थाले गरेको वधाइ कार्यक्रममा सोहि गाँउमा जन्मिने र सोहि ठाँउको दुर्गेश्वरी प्रा.वि. र सिद्देश्वर मा.विं मा प्राथमिक तहको पढाइ पुरा गर्ने सौभाग्य पाएको मलाई सम्मानित हुने अवसर प्रदान गर्नुभएकोमा दावांली मिलन क्लवका अध्यक्ष श्री रोशन श्रेष्ठ लगायत सम्पुर्ण पदाधिकारी प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु। सम्मानित हुनुहुने आदरणीय अन्य अग्रजहरुलाइ पनि हार्दिक वधाइ। एवं सम्मान गर्नुहुने पुर्व अर्थमन्त्री शंकर कोइराला ज्यु, माननीय सांसद यज्ञराज सुनुवार ज्यु एवं मेरा अग्रज शिक्षाविद विरेन्द्र प्रकास श्रेष्ठ ज्यु प्रति हार्दिक नमन🙏🙏🙏”

     

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ