• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सुराकीमाथि भौतिक कारवाही गरेपछि नेपाली कांग्रेसले विप्लवलाई गर्यो यस्तो आग्रह, हेर्नुहाेस के भन्याे ?

    1.3K
    SHARES

    काठमाडौँ । बिद्रोही नेकपाले आफ्नो पार्टीबिरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै सरकारलाई सघाउँने तथा जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गो’ली खान्छौ भनेर जनतालाई आत’ङ्कित पारेको भन्दै मोरङमा एकजना शिक्षकमाथि भौतिक कारवाही गरेका दावी गर्याे ।

    माेरङ मिक्लाजुङ-१ बर्खेका राजेन्द्र श्रेष्ठलाई मंगलबार सम्झाउन जाँदा उल्टै आ’क्र’मण गर्न आएपछि प्रतिकारमा उनको मृत्यु भएको नेकपाले दावी गरेको छ । घटना घटेको केहि घण्टामै उक्त घटनाको जिम्मा लिदै नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरी गर्दै भने- ”निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।

    जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आ’क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’’

    ऊक्त घटनाले अहिले निक्कै चर्चा पाएको छ । एकथरि बिश्लेषकहरुले अब बिद्रोही नेकपाले ओली सरकारको दमनबिरुद्ध कडा प्रतिरोध गर्न थालेको विश्लेषण गरेका छन् भने कतिपयले यसलाई नेकपाको गलत कदम भनेका छन् ।

    यसै अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

    यस्तै कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।

    बैठकपछि पत्रकारहरुसँग कुरकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले ७७ वटै जिल्लामा हुने प्रदर्शनको तयारीको बारेमा छलफल भएको बताए । उनले भने,‘२९ गतेको लागि हामीले ७७ वटै जिल्लामा जुन र्‍याली निकालेर अहिलेको सरकारको दमन नीतिलाई विरोध गर्ने बारेमा छलफल भएको हो । ७७ वटै जिल्लामा गर्ने हो । काठमाडौंमा, ललितपुरमा र भक्तपुरमा पनि गर्ने टुंगो लगायौं । सल्लाह त्यही भएको छ ।’

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

    उनले भने,‘कोरोनाको महामारी चलिरहेको छ र सरकारको ध्यान कोरोनाको महामारी तर्फ गम्भिर छैन । नागरिकको जीवन अस्पतालमा बेड नपाएर, भेन्टिलेटर नपाएर, सामग्रीहरु नपाएर छटपटिरहेको बेलामा सरकार र सत्तारुढ पार्टी आफ्नो सत्ताको द्वन्द्वमा केन्द्रीत भएको छ । त्यसैले हामी २९ गते प्रदर्शन गर्दैछौं । प्रदर्शन गर्दैगर्दाखेरी आजको बैठकले विशेष रुपमा देशभरी रहनुभएका पार्टी सदस्य, शुभचिन्तक सबैलाई सहभागी बन्नका लागि अपिल गरेको छ ।’

    प्रवक्ता शर्माले सरकार बनेपछाडी बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत हुने बताए । उनले भने,‘यो सरकार बनेपछाडी निरन्तर बढिरहेको भ्रष्ट्राचार, स्वास्थ्य सामग्रीको खरिद सम्म भएको भ्रष्ट्राचार देखि लिएर भ्रष्ट्राचारको अनेकन प्रकरणहरुको विरुद्ध सडकमा २९ गते उत्रिनलाई बैठकले अपिल गरेको छ ।’

    प्रवक्ता शर्माले सरकारले सर्वसत्तावादी चरित्र र अधिनायकवादी आकांक्षा प्रस्तत गरेको समेत बताए ।कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापनबाट सिर्जित अप्ठेरो अवस्थाको विरुद्धमा प्रदर्शन भएको बताए ।

    उनले भने,‘हाम्रो २९ गते देशैभरी ७७ वटै जिल्लामा विरोध कार्यक्रम हुन्छ । त्यो विरोध कार्यक्रम, सरकारको अधिनायकवादी प्रवृति, भ्रष्ट्राचार र कोभिडको कुव्यवस्थापन बाट जुन अप्ठ्यारो स्थिति सिर्जना भएको छ त्यसलाई केन्द्रीत गरेर सरकारको विरुद्ध विरोध कार्यक्रम केन्द्रीत हुन्छ । यो प्रारम्भ मात्रै हो ।’ २९ गतेको कार्यक्रम पछि पनि आन्दोलनलाई निरन्तरता दिने भन्ने कुरामा समेत छलफल भएको महतले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ