• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली

    जाडोबाट बच्न कोठा न्यायो बनाउँदै हुनुहुन्छ ? सावधान ! घट्न सक्छ अप्रिय घटना, यसो भन्छन विज्ञ

    2.4K
    SHARES


    काठमाडौँ । अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा जाडोबाट बच्न आफू सुत्ने कोठा न्यानो बनाएर सुत्ने बानी गर्नुभएको छ र तपाईको कोठामा हावा ओहोरदोहोर गर्ने भेन्टिलेटर छैन भने सावधान !

    नेपालका तपाई भेगका अधिकांश विपनन परिवारका मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता आनीबानी र विद्युतिय उपकरण चलाउँदा निकै सावधानी र होशीयारी अपनाउनुपर्छ ।

    अघिल्ला वर्ष यी यस्ता उपकरण र आगो बालेर सुतेका कारण केहि मानिसले मृत्युवरण गर्नुपरेको थियो । त्यसैले घरको कोठामा हावाको आवतजावत नहुने गरी ठप्पै पारेर राख्दा गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर मानिसको ज्यानै जान सक्छ । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।

    जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ ।

    यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका लागि धाइरहेका हुन्छन् । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धा विशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।

    चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।

    चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ