• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    २४ घण्टामा १०६४ कोरोना संक्रमित डिस्चार्ज

    538
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३१ हजार ६०१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    नेपालमा थप १,२१७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ। कुल ७,२३२ नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ।

    गत २४ घण्टाको अवधिमा नेपालमा १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या २,४५,६५० पुगेको छ।

    अहिलेसम्म देशभरि १,६६३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बिहीवार पुष्टि भएका सङ्क्रमितमध्ये ७७४ पुरुष र ४४३ महिला रहेका छन्। तीमध्ये काठमाण्डूका ३२८ सहित ४०४ जना उपत्यकाका रहेका छन्।

    हाल उपत्यकाका तीन जिल्लामा मात्रै ५०० भन्दा बढी सङ्क्रमित रहेका छन् भने सङ्क्रमित नभएको जिल्ला मनाङ र डोल्पा हुन्। मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,०६४ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

    स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१५ जना क्वारन्टिनमा रहेका छन् भने १२,३८६ आइसोलेशनमा बसिरहेका छन्। तीमध्ये ३०९ जना सघन उपचार कक्षमा र ५७ जना भेन्टिलेटरमा रहेका छन्। गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित एकै दिन फेला परेका थिए।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ