• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    अमेरिकामा नेपालीलाई अस्याथी बसोबासको अनुमति ९ महिना थप्ने निर्णय

    1.9K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रमअन्तर्गत रहेका नेपालीलाई नौ महिना बसोबासको अनुमति थप गर्ने निर्णय गरेको छ ।

    बुधबार ट्रम्प प्रशासनले नेपालसहितका ६ मुलुकका टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।

    अहिले अमेरिकामा टीपीएस कार्यक्रम बन्द गर्ने वा नगर्ने विषयमा अदालतमा मुद्दा चलिरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्ने पक्षमा वकालत गर्दै आएका छन् । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई अमेरिकामा बसोबासको अनुमति मिल्ने गरेको छ ।

    बुधबारको निर्णयसँगै अमेरिकामा रहेका एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरुलाई थप नौ महिना अमेरिकामा बस्ने अनुमति मिल्नेछ ।

    उनीहरुको अमेरिकामा रहने म्याद आगामी जनवरी ४ मा सकिँदै थियो । नयाँ निर्णयसँगै अब सन् २०२१ को अक्टोबरसम्म यी ६ मुलुकका नागरिकहरुले कानुनीरुपमा अमेरिकामा बसोबासको अनुमति पाउने भएका हुन् ।

    टीपीएस कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली नागरिकहरु बसोबास गरिरहेका छन् । अमेरिकाको नयाँ निर्णयले टीपीएस कार्यक्रमका तीन लाखभन्दा धेरै नागरिकहरु लाभान्वित हुने बताइएको छ ।

    अमेरिकामा यो कार्यक्रम सन् १९९० को दशकदेखि सुरु भएको हो । यो कार्यक्रमअन्तर्गत अहिले अमेरिकामा १० मुलुकका चार लाखभन्दा धेरै मानिसहरु छन् ।

    यस्तै यता मलेसिया सरकारले अबैधानिक रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका अबैधानिक कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेको छ ।

    यस कार्यक्रम अन्तर्गत दुई वटा अवसर रहेको जनाउदै मलेसियास्थित नेपाली दूतावासले पहिलो मलेसियामै वैधानिक रुपले काम गर्ने प्रक्रिया गर्ने र दोश्रो सहुलियत दरको जरिवाना तिरेर मुलुक फर्किने रहेको जनाएको छ ।

    मलेसियामा कार्यरत नेपाली अबैधानिक (इलिगल) नेपाली कामदारहरुको लागि एक भिडियो सन्देश जारी गर्दै दूतावासले मलेसिया सरकारले दिएको समय सिमाभित्र स्वदेश फर्किन वा बैधानिक तरवरले मलेसियामै काम गर्न वातावरण मिलाउन नेपालीहरुलाई अनुरोध गरेको छ ।

    सहुलियत दरको जरिवाना तिरी स्वदेश फर्किने नेपाली कामदारहरुले मलेसियाको अध्यागमन बिभागमा गई पाँच सय रिंगेट तिरेर चेक आउट मेमो लिनु पर्ने दूतावासले जनाएको छ ।

    यसका लागि राहदानी वा ट्राभल डकुमेन्ट र नेपाल फर्किने टिकट हुनु पर्नेछ । यस अनुसार नेपाल फर्कनको लागि त्यहाँको अध्यागमन बिभागबाट चेक आउट मेमो लिनु पर्नेछ ।

    सोको लागि अध्यागमन बिभागले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम समय लिनुपर्नेछ । अनलाइन अपोईन्मेन्टबाट यी सम्पूर्ण कामहरु गर्न सकिने दूतावासले जनाएको छ ।

    प्रक्रिया सुरु भैसकेकोले आजैबाट सहभागी हुन् दूतावासले अबैधानिक रुपा बसेका नेपालीलाई अनुरोध गरेको छ । मलेसियाले ल्याएको यो कार्यक्रमबाट त्यहाँ अवैध रुपमा बसिरहेका हजारौं नेपाली लाभान्वित हुनेछन । मलेसिया यसघि २०१९ मा पनि ब्याक फर गुड भन्ने कार्यक्रम ल्याएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ