• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    मोरङ घटनापछि सुरक्षा समितिको आकस्मिक बैठक बोलाएर गृहमन्त्रीले दिए यस्तो कडा निर्देशन, विप्लवबारे के भयो रिपोर्टिङ

    1.4K
    SHARES

    काठमाडौं । मोरङ घटनापछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाए ।

    गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । उनीहरुले विप्लव नेतृत्वको नेकपाको पछिल्लो गतिविधिबारे रिपोर्टिङ गरेका छन् । बैठकमा विप्लव पछिल्लाे समय थप शशक्त बन्दै गएकाे समेत रिपोर्टिङ भएकाे छ ।

    छलफल नेकपकै गतिविधि, त्यसमा पनि मिक्लाजुङमा राजेन्द्र श्रेष्ठ मा’रिएको बिषयमा नै बढी केन्द्रित भएको स्रोतले संचारकेन्द्रलाई बतायो। नेकपाले मोरङ घटनाको जिम्मेवारी लिइसकेकाले सुरक्षा तैनाथीलाई थप बढाएर निगरानीलाई सशक्त बनाउनुपर्ने गृहमन्त्री थापाले निर्देशन दिएको स्रोतको भनाइ छ ।

    बैठकमा मोरङको घटनामा प्रहरीले केही व्यक्तिलाई शंकाको घेरामा राखेर खोजी जारी राखिएको रिपोर्टिङ गरिएको छ । ‘दोषी चाँडै प्रहरीको नियन्त्रणमा आउँछन् भन्ने सुरक्षा निकायको भनाइ छ’, थापानिकट स्रोतले भन्यो ।

    घटना भएको आसपासका जंगलमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले सर्च अपरेसन चलाइरहेको छ भने बुधबार बसेको जिल्ला समन्वय समितिको बैठकले त्यसक्षेत्रमा स्थायी प्रहरी कार्यालय राख्न पनि प्रस्ताव गरेको छ । यस विषयमा तत्कालै निर्णय हुने गृह स्रोतले बतायो ।

    बैठकमा पछिल्लो समय राजावादीहरुको बढ्दो प्रदर्शनको विषयमा पनि गृहमन्त्री थापाले चासो राखेको स्रोतले बतायो । यता नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आ’क्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ ।

    नेकपा मेची–कोसी ब्युरोका इन्चार्ज प्रतापले मङ्गलबार विज्ञप्ति जारी गरी लामो समयदेखि नेकपाविरुद्ध सुराकी गर्दै, नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गराउँदै र सरकारलाई सघाउँदै आएका श्रेष्ठलाई सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएको र उल्टै ह’तियार लिएर आ’क्र’म’ण गर्न आइलागेकाले प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन् ।

    इन्चार्ज प्रतापले प्रेस वक्तव्यमा भनेका छन्, ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले विद्यमान दलाल संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको सबैमा विदितै छ । यसै सन्दर्भमा पार्टीविरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सुझाव तथा चेतावनी दिँदा पनि नसुध्रिएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको मृत्युका बारेमा तथ्य सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।’

    श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएकाे नेकपाले जनाएको छ । श्रेष्ठले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका बिज्ञप्तिमा उल्लेख छ । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको नेकपाले जनाएको छ ।

    इन्चार्ज प्रतापले बिज्ञप्तिमा भनेका छन्, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची–कोसी ब्युरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए । उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए । २०७७ साल कात्तिक १२ गते ब्युरो इन्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराई ब्युरो सदस्य कमरेड काशीराम घिमिरे र कमरेड विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीको महत्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएका थिए ।’

    श्रेष्ठले जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गो’ली खान्छौ भनेर जनतालाई आत’ङ्कित पारेका २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेकाे बिज्ञप्तिमा उल्लेख छ ।

    इन्चार्ज प्रतापको वक्तव्यमा अगाडि भनिएको छ, ‘जनताका घर–घरमा पटक–पटक प्रहरी पठाएर नेकपाका नेता–कार्यकर्ताहरूलाई बस्न–खान दिए तातो गोली खान्छौ भनेर जनतालाई आतङ्कित पारेका राजेन्द्र श्रेष्ठले २०७७ साल साउनदेखि नै पटक–पटक आफ्नो त्यसप्रकारको पार्टीविरोधी गतिविधि रोक्न, आफूलाई सच्याउन भनी सम्झाउन जाँदा पनि उग्र गतिविधि गरिरहेका थिए । उनलाई यसपटक पनि सम्झाउन जाँदा हतियार लिएर आ’क्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा निजको मृत्यु हुन गएको सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

     

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ