• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सर्वदलीय बैठक छोडेर किन हिडे देउवा ? यस्ताे छ कारण

    1.3K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति लिखित धारणा राखेर बाहिरिएका हुन् ।

    उनी बैठकबाट बाहिरिएपनि बैठकमा के धारणा राखे भन्ने सार्वजनिक भएको छैन । अर्काे महत्वपूर्ण काम छ भन्दै देउवा बैठकबाट निस्किएकाे स्राेतले बतायाे । पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा मौलाएको गणतन्त्र विरोधी गतिविधिहरु र व्याप्त हिंसाको विरुद्धमा एक जुटभएर अघि बढ्न सबैमा आग्रह गरे ।

    प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा जारी सर्वदलीय वैठकमा नेताहरुलाई स्वागत गर्दै उनले आजको छलफलका विषयमा प्रष्ट पारेका थिए । बैठकको सुरुवातमै प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने एजेन्डाबारे प्रकाश पारेका थिए। एकातिर नेकपाभित्रको उत्कर्षमा पुगेको विवाद छ भने अर्कातिर दैनिक गणतन्त्र विरोधी प्रदर्शनहरु भइरहेका बेला प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

    वैठकमा प्रधानमन्त्री ओलीले आज छलफल गरिने विषयबारे प्रष्ट पारेका थिए । कोभिड– १९ को नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गरेका हुन् । सर्वदलीय बैठकअघि आज विहानै मन्त्रिपरिषद बैठक बसेको थियो । यसअघि प्रधानमन्त्री ओलीले भारतले लिपुलेक र कालापानी मिचेको विषयमा छलफल गर्न वैशाख ३१ मा पनि सर्वदलीय बैठक बोलाएका थिए । त्यतिबेला पनि राजनीतिक दलहरुबीच सहमति जुटेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ