• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    डा.फाउचीको चेतावनी- क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर देखिनेछ

    1.6K
    SHARES

    एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण अमेरिकामा दिनप्रतिदिन बढीरहँदा दिन अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले भने अर्को नयाँ डरलाग्दो चेतावनी दिएका छन् । डाक्टर फाउचीले  क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन्।

    ‘थ्याङस्गिभिङ डे’पछि कोरोनाको सङ्क्रमण बढेकाले क्रिसमसपछि संक्रमण झन् बढ्ने फाउचीको चेतावनी छ। क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उनले चेतावनी दिएका छन् ।

    सीएनएनसँग कुराकानीमा फाउचीले भने,’यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।’ फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।

    अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्दै आएको छ । अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

    यस्तै अमेरिकामा थप १ लाख ९८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये २६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०८ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४४३ पुगेको छ ।

    त्यस्तै अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो ।

    रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

    ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै पराजय स्वीकारेका छैनन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

    बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । अमेरिकामा गएको नोभेम्बर ३ मा चुनाव भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ