• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    भिजाएको चना खानुहोस्, स्वास्थ्यलाई हुनेछन् यस्ता फाइदा

    1.9K
    SHARES

    चनालाई हामीले तरकारी बनाएर पनि खान सक्छौ भने यसको दाल पनि खान सकिन्छ । यसलाई हामीले भुटेर पनि खान सक्छौ । चना नेपाली खानपिनको एक महत्वपूर्ण हिस्सा हो ।

    यसमा कार्बोहाइड्रेट, फाइबर, क्लाल्सियम, आइरन र भिटामिनको राम्रो स्रोत हो । चनाको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । जस्तै, तरकारी बनाएर, सातुको रुपमा, पानीमा भिजाएर काँचै

    चनाको दाल सेवन गर्नाले कब्जीयतको समस्या निर्मूल हुन्छ । यती मात्रै होइन जन्डिसका रोगीलाई पनि चनाको दालको सेवन धेरै फाइदाजनक हुन्छ । चनाको दालले कोलेस्ट्रोललाई कम गरेर तौल कम गर्न धेरै मद्धत गर्छ । यो पाचन प्रणालीको लागि धेरै नै लाभदायक छ ।

    चनाको दाल जिंक, क्याल्सियम, प्रोटिन, फोलेट आदिले भरपुर हुन्छ जसले तपाईको शरिरलाई आवश्यक र जरुरी उर्जा प्रदान गर्छ । यसको अलावा यो पेटको समस्याको लागि पनि फाइदाजनक हुन्छ ।

    चनाको दालले शरिरमा आइरनको कमीलाई पुरा गर्छ र हेमोग्लोबिनको स्तर बढाउन मद्धत गर्छ । यसमा अमिनो एसिड शरिरको कोषहरुलाई मजबुत गर्नमा मद्धत गर्छ ।

    भिजाएको चना खानका यस्ता फाइदा

    स्वस्थ छाला
    भिजाएको चनामा नुन नहाली सादा चना चबाएर खानाले छाला स्वस्थ हुनुका साथै चम्किलो हुन्छ । साथै, छाला चिलाउने समस्या छ भने त्यसमा पनि राहत दिलाउँछ ।

    तौल बढाउँछ
    यदि तपाई चाहिने भन्दा बढी दुब्लो हुनुहुन्छ भने भिजाएको चना खानुस् । चनाले शरिरको तौल बढाउने काम पनि गर्छ । नियमित चना खानाले तौल बढ्नुका साथै मांसपेशी पनि बलियो बनाउँछ ।

    सर्दीमा राहत
    चनाले शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउँछ । जसले रुघाखोकी, सर्दी जस्ता समस्यामा राहत दिलाउँने काम पनि गर्छ ।

    रगतको मात्रा पुरा
    चना फलामको धेरै नै राम्रो स्रोत हो । यसले शरीरमा रगतको कमी छ भने त्यसलाई हटाउँछ । साथै रगतलाई सफा पनि गर्ने काम गर्छ ।

    स्वस्थ मुटु
    चनाले कालेस्ट्रोललाई नियन्त्रणमा राख्छ । जसले गर्दा मुटु स्वस्थ रहन्छ र मुटु सम्बन्धी रोग लाग्ने खतरा पनि कम रहन्छ । चनाको नियमित सेवनले मुटुको धमनीहरुलाई खुलाउन र रगतको मात्रालाई बढाउनमा पनि मद्दत गर्छ ।

    कब्जीयतमा राहत
    भिजाएको चनामा पर्याप्त मात्रामा फाइबर हुन्छ । यसले पेटलाई सफा राख्नुका साथै पाचन तन्त्रलाई पनि राम्रो बनाउँछ ।

    पिसाबको समस्या
    भिजाएको चनामा गुड़ मिसाएर खानाले पटक–पटक पिसाब लाग्ने समस्यामा राहत हुन्छ । भिजाएको चना खानाले पाइल्सको समस्यामा पनि आराम दिलाउँछ ।

    चना खाने तरिका
    एक मुट्ठी चना लिने तर त्यसलाई माटोको भाँडोमा सफा पानीमा राखेर रातभर भिज्न दिने । बिहान चनालाई पानीबाट निकालेर राम्रोसँग चबाएर खाने । त्यसपछि पानी पिउने । यसरी नियमित चना खानाले तपाईँ सँधै स्वस्थ रहनु हुन्छ ।

    दैनिक भुटेको चना खाँदा शरिरलाई यस्ता फाइदा हुन्छन ।

    दिनभरी क्रियाशील बनाउँछ
    हामी सक्रिय रहनका लागि ऊर्जाको अत्यधिक आवश्यक पर्छ । यस्तोमा चनाले निकै सहयोग पुर्याउँछ । चना खाँदा ऊर्जा पाइन्छ । मधुमेह रोगीका लागि पनि चनाको सेवन निकै फाइदाजनक हुन्छ ।

    मोटोपना घटाउँछ
    यदि तपाईं मोटोपनाका कारण चिन्तित हुनुहुन्छ भने भुटेको चना तपाईंका लागि निकै फाइदाजनक हुन्छ । भुटेको चनामा क्यालोरीको मात्रा निकै कम हुन्छ जबकी यसमा विभिन्न पौष्टिक तत्व जस्तै पोटासियम, क्याल्सियम, आइरन, कार्बोहाइड्रेट, प्रोटिन, डाइट्री फाइबर भरपुर मात्रामा हुन्छ ।

    रगत बढाउँछ
    चनामा आइरनको भरपुर मात्रा हुन्छ । त्यसकारण यदि तपाईंलाई रक्तअल्पत्ताको समस्या छ भने दैनिक भुटेको चना खान सुरु गर्नुहोस् । ध्यान दिनुहोस्, बोक्रा नभएको चनामा बोक्रा भएजत्तिको फाइदा हुँदैन । रक्तअल्पत्ताको शिकार धेरैजसो महिला हुने भएकाले यसले महिलालाई निकै फाइदा गर्छ । एजेन्सी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया