• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन जीवनशैली

    यस्ता छन् जाडोमा गहतको झोल खाँदा हुने चामत्कारिक फाइदा

    1.1K
    SHARES

    काठमाडौं । ‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत: जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्याउँछ ।

    ‘जात फाल्नु गहतको झोलमा’ भनेर उखानले व्यंग्य गरे पनि गहत कम्ती पोषक र गुणकारी खाद्य पदार्थ होइन । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत: जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्याउँछ । गहत निकै पोषक र गुणकारी खाद्य पदार्थ हो । गहतको दाल नियमित सेवन गर्न सके, विशेषत जाडो याममा, यसले औषधिले भन्दा पनि चामत्कारिक फाइदा पुर्याउँछ ।

    गहत (कुथलीरकुर्थी) पोषणका दृष्टिले निकै महत्त्वपूर्ण दाल हो । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो । २२ प्रतिशतजति प्रोटिन पाइने गहत क्याल्सियम र फोस्फोरसको मुख्य स्रोत हो । लौह तत्त्व र भिटामिन ए पनि यसमा हुन्छ । यसको बीउमा प्रोटिन र कार्बोहाइड्रेट विशेष मात्रामा हुन्छ । यसमा युरिएजसमेत पाइन्छ ।

    जाडोमा गहत नियमित रूपमा खाने गरे चिसोले छुँदैन भन्ने आममान्यता छ । धेरै समयसम्म निरन्तर यो दाल सेवन गर्दा पत्थरी आफैँ निको हुने पनि बताइन्छ । यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ । यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ । यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ । वात ज्वरो, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ । यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ ।

    यसले नेत्र रोग र पाइल्सलाई समेत निको गर्छ । वीर्य दोषसमेत निको पार्ने क्षमता भएको गहत सास, खोकी पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा लाभप्रद मानिन्छ । गहतमा अरू दालमा भन्दा रेसा (फाइबर) बढी पाइन्छ । त्यसैले यो सजिलै पच्छ । न्यानो प्रकृतिको मानिने गहत रातो, सेतो र कालो गरी तीन प्रकारको हुन्छ । यसबाट दालबाहेक रोटी पनि पकाउने गरिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ