• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राजावादी मुभमेन्टमा भारतको समर्थन छैन : भाजपा नेता चौथाइवाले

    1.6K
    SHARES



    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

    माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’

    भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो । ‘दुई पार्टीबीचको सम्बन्ध विगतमा पनि राम्रो छ, आगामी दिनमा अझ सुमधुर बनाएर लैजानुपर्छ भन्ने छलफल भएको छ,’ सचिवालयले बतायो ।

    पूर्वअर्थमन्त्री समेत रहेका पुनसँगको भेटमा चौथाइवालेले पहलगाममा हालै भएको आतंकी हमलालाई लिएर नेपालका राजनीतिक दलले आतंकवादको विरोध गर्दै भारतको पक्षमा गरेको समर्थन प्रति खुसी व्यक्त गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ