• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ओलीबिरुद्ध वारेन्ट जारी भएको केहि घण्टामै प्रचण्डबिरुद्ध पक्राउ पुर्जी (मुद्दाको पूर्णपाठसहित)

    71.7K
    SHARES

    दिया चन्द, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा वारेन्ट जारी भएको केहि घण्टामै केन्द्रीय जनादलतले माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    प्रचण्डविरुद्ध परेको मुद्दामाथि अनुसन्धान भइरहेको र थप बुझ्न पर्ने भएकोले १५ दिनभित्र रोल्पा आफै हाजिर हुन भनिएको छ । पत्र पाएको वा सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र अनिवार्य पुग्न ताकेता गरिएको  छ ।  मंगलबार जारी गरिएको उक्त  पत्र बुधबार पचण्डकाे खुमलटारस्थित निवास र चितवनस्थित घर तथा उनको सम्पर्क कार्यालयमा समेत टासिएको छ ।

    एमाले-माओवादी गठबन्धन सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई वारेन्ट जारी गर्ने धरपकड गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने गर्न थालेपछि जन अदालतले पनि संसदीय सत्ताका प्रधानमन्त्री ओली र अर्का सत्ता साझेदार दलका अध्यक्ष प्रचण्डका नाममा वारेन्ट जारी गरेको हो ।

    ‘महान् जनयुद्धको शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुश्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विघठन गरेको, माथिल्लो कर्णाली विद्युत आयोजना बनेको, अरुण तेस्रो लगाएत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको’ भन्दै प्रचण्डका बिरुद्धमा जनअदालतमा मुद्दा परेको पत्रमा भनिएको छ ।

    त्यस्तै स्थानीय निकायको चुनावमा कालिकोट जिल्लाको माल्कोटमा स्थानीय धनपरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सनसाइज’ समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको तथा गत चैत ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगाए थ्रुपै नेताहरुलाई बिनाकारण गरिफ्तार गरी थुनामा राखेको पनि उक्त पत्रमा उल्लेख छ ।

    वारेन्टपत्रमा भनिएको छ- ‘मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा १४ शिव नगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाईँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गकरेो वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थिति नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।’

    यो पनि पढ्नुहोस्: प्रधानमन्त्री अाेलीका नाममा वारेन्ट जारी, हेर्नुहोस् यस्तो छ मुद्दा ! पत्रसहित

    जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने समेत चेतावनी दिएको छ । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनअदालतले केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट वारेन्ट जारी गरेको हो ।

    यस्तो छ वारेन्ट पत्र

    मुक्तिराम दाहालको छोरा चितवन जिल्ला भरतपुर नगरपालिका वडा १४ शिव नगर स्थायी ठेगाना भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाईँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेो वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थिति नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।

    तपशील

    १. महान् जनयुद्धको शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेका, हतियार दुश्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विघठन गरेको ।

    २. माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रो लगायत विभिन्न सम्झौता भारतीय कम्पनीहरुसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहित विरुद्ध कार्य गरेको हो ।

    ३.कथित स्थानीय निकायको चुनावमा कालिकोट जिल्लाको माल्कोटमा स्थानीय धनपरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह ‘सनसाइज’ समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको ।

    ४. २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुर्ला बिना कारण गरिफ्तार गरी थुनामा राखेको ।

    हेर्नुहोस् जनअदालतले प्रचण्डका नाममा काटेको वारेन्ट पत्र जस्ताको त्यस्तै

    २०७४ चैत १४ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ