• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपा नेताहरु गिरफ्तार, एसपी जिसीले खोले यस्तो रहस्य !

    18.2K
    SHARES

    बिनिता सिंह, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नेकपा नेताहरु गिरफ्तार भएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सहभागी भइरहेको बेला प्रहरीले नेता हेमन्त ओली र पोलिट्ब्यूरो सदस्य पदम राईसहित ७ जनालाई गिरफ्तार गरेको छ ।

    नेता ओली र राईसंगै युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपकलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

    बिराटनगरकोको राजवंशी चोकबाट उनिहरूलार्इ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार जिसीले माथिको आदेशमा सोधपुछका लागि नियन्त्रण लिएको स्वीकार गरेका छन् । ‘हामीले माथिको आदेश पालना गरेका हौं । ‘  प्रहरी प्रमुख एसपी जिसीले संचारकेन्द्रसंग भने, -‘उहाँहरुको के कार्यक्रम रैछ, त्यहि विषयमा सोधपुछ गर्न मात्र हो ।’

    युवाहरुको राष्ट्रिय सम्मेलनबारे जानकारी नभएको कारणले नेताहरुलाई गिरफ्तार गर्नुपरेको एसपी जिसीले बताएका छन । नेकपाले आफ्ना भेला सम्मेलन र कार्यक्रमहरु गर्न प्रहरीलाई पुर्व जानकारी दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई गिरफ्तार गर्न निर्देशन दिएको बुझिएको छ  ।

    सोधपुछपछि छोड्न आदेश आएमा मात्र नेताहरुलाई रिहा गर्नमिल्ने एसपी जिसीको भनाइ छ ।

    यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।

    सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकोमा नेकपाले घाेर आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिएका छन । प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताएका छन । उनले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिएका छन ।

    अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उनले बताए ।

    नेताहरु गिरफ्तार परेपछि युवाको सम्मेलन सुरु हुन सकेको छैन ।

    २०७४ फागुन ६ गते प्रकाशित ।

    प्रतिक्रिया